कांग्रेसको पुच्छर माओवादी केन्द्र भएकोले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने रायमाझीको दावी — OSNepal

कांग्रेसको पुच्छर माओवादी केन्द्र भएकोले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने रायमाझीको दावी

LC (KTM) September 15, 2021 0

बुटवल ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको आरोप लगाएका छन् ।

आज बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले यस्तो आरोप लगाएका हुन् । तर यस्तो घेरावन्दीलाई असफल पारी फेरि एमालेले नै सत्ताको नेतृत्व गर्ने दावी समेत उनले गरेका छन् ।

पुर्व माओवादीका नेता रायमाझीले सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डलाई पापी भन्दै पदकै लागि पार्टी एकता गरेको बताए । कांग्रेसको पुच्छर माओवादी केन्द्र बनेको भन्दै उनले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने दावी समेत गरेका छन् ।

गठवन्धन सरकारलाई असफल नेताहरुको महागठबन्धन भएको टिप्पणी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर