एमाले फुटाउन लागेको सरकारले समयमा नै ध्यान नदिदा बजेट होलिडेको अवस्थामा पुग्यो — OSNepal

एमाले फुटाउन लागेको सरकारले समयमा नै ध्यान नदिदा बजेट होलिडेको अवस्थामा पुग्यो

LC (KTM) September 15, 2021 0

विराटनगर ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका विभेदकारी भएका कारण आफुहरुले संसदमा विरोध गरेको बताएका छ्न ।

आज बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । एमाले फुटाउन लागेको सरकारले समयमा बजेट पास गर्नुपर्छ भन्ने विषयमा ध्यान नदिदा बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् ।

बजेट पारित गर्न सरकारलाई कुनै हतार नभएको बताएका उनले बजेट खर्च गर्न नसकिने अवस्थाको जवाफ सरकारले दिनुपर्ने समेत बताएका छन् । ‘आफुहरुसँग छलफल नै नगरी बैठक असोज चार गते सम्म स्थगित गरियो’ उनले भने ।

प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका दिनसम्म कामकारवाही पश्चात किन सत्ता पक्ष पटक्कै यसबारेमा ध्यान पुर्‍याइरहेको छैन, छलफल गरेको छैन, यस्तो बेलामा सभामुखले दिनमा १५ पटक छलफल राख्नुपर्छ भनेका नेम्वाङले दल विभाजन कै लागि हतार हतार यसअघिको अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर