मनकारी रहेछिन् पोखराकी सृजना, स्कुटरबाट खसेको पैसा प्रहरीलाई बुझाइन — OSNepal

मनकारी रहेछिन् पोखराकी सृजना, स्कुटरबाट खसेको पैसा प्रहरीलाई बुझाइन

LC (KTM) September 15, 2021 0

पोखरा–६ लेकसाइड शान्तिपथ मार्गमा स्कुटरबाट खसालेपछि आफूले भेटको रु ५० हजार जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई प्रदान गर्दै स्थानीयवासी सृजना पराजुली ।

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल-भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार हिम्ड टर्मिनल प्रालिले सातामा दुई दिन कार्गाे ढुवानी गर्ने जनाएको छ भने हिम्डसगैँ अन्य चार कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखाएका छन् । उहाँले भन्नुभयो, “पहिलो पटक हिम्डले कार्गाे रेल सेवा सुचारु गरेको छ । सो कार्गाेसँगै अन्य ४ कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखिएका छन् । निजी क्षेत्रका कार्गाे रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनी बढ्ने अनुमान छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर