शिक्षक नगेन्द्र बिसीको हत्याको आरोपमा दूई जना पक्राउ — OSNepal

शिक्षक नगेन्द्र बिसीको हत्याको आरोपमा दूई जना पक्राउ

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले दूई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विद्यालयसँगै रहेको पसलको सञ्चालक रहेका छन् । उनीहरुको विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बिसीको शव मंगलबार विहान विद्यालय प्रांगणमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा फेला परेको थियो । बिसि २०५६ सालदेखि उक्त विद्यालयमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर