बालिकालाई गन्तव्य स्थल पुर्यादिन्छु भन्दै गाडीमै जबर्जस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ — OSNepal

बालिकालाई गन्तव्य स्थल पुर्यादिन्छु भन्दै गाडीमै जबर्जस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ

LC (KTM) September 15, 2021 0

काभ्रे ३० भदौ । १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय ट्रक चालक हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको रहेका छन् ।

निजहरुले गाडि कुरेर बसिरहेकी ति बालिकालाई गन्तव्य स्थान सम्म पुर्यादिन्छु भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

त्यहाँबाट फरार दुवै जनालाई मंगलबार प्रहरीले प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको हो ।

पिडित बालिकाको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी ति बालिकामाथि जवरजस्ती भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर