नेकपा एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक पनि स्थगित — OSNepal

नेकपा एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक पनि स्थगित

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।

आज बुधबार बैठक सुरु भएसँगै अवरोध गरेको एमालेको कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । विरोधका बाबजुतसंविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरि बैठक असोज ५ गते सम्मको लागि स्थगित गरिएको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची र प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्य सुची रहेको थियो ।

एमालेको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरेका हुन् । त्यसैगरी हिजो बसेको संसद बैठक पनि एमालेको अवरोध पछि स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर