नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन् : प्रचण्ड — OSNepal

नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन् : प्रचण्ड

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कसैले नपत्याए पनि आउँदो निर्वाचनमा माओवादी पहिलो पार्टी हुने जिकिर
गरेका छन् ।

आज बुधबार पेरिसडाँडामा आयोजित दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो जिकिर गरेका हुन् ।

नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेकाले पार्टी निर्माण र रुपान्तरणको महान अभियानतिर अगाडि बढेको कार्यक्रमा जानकारी दिएका छन् ।

आफुहरुले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, तर शान्ति प्रक्रियामा आएपछि पहिलो पार्टी बनेको बताएका उनले भने , ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुईरचार सिट ल्याउँछ भन्थे ।’

‘हामी मित्रहरुको खोजीमा छौं,यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ’ उनले भने ।

पार्टीको शिर्ष नेताहरुनै बिग्रिएको स्विकार गरेका प्रचण्डले भने, ‘यो ८र१० वर्ष हामीले अरुलाई गाली गरेर बिताएछौं । अब आफैंलाई गाली गर्न थालौं,’ उनले भने, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर