१०३ किलो गाँजासहित एक व्यक्ति पक्राउ — OSNepal

१०३ किलो गाँजासहित एक व्यक्ति पक्राउ

LC (KTM) September 15, 2021 0

पर्सा ३० भदौ । १०३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध रुमा लाँदै गरेको गरेका गाँजा सहित हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामालाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल।आर।पि। टोलीले निकुञ्‍ज कोर ईलाका, भैँसे खोलाबाट पक्राउ गरेको हो ।

निजको साथबाट प्रहरीले ३२ सेट मोवाइल र झोला समेत बरामत गरेको छ । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर