संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड — OSNepal

संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा धेरै मन्त्री बनाउने पार्टी माओवादी केन्द्र भएको बताएका छन् ।

आज बुधबार पेरिसडाँडामा आयोजित उपाध्यक्ष पोष्टबहादुर बोगटीको ठ औं स्मृति दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो केन्द्रले छोटो समयमा नै १०० जनालाई मन्त्री बनाएको बताएका हुन् । कार्यक्रममा उनले संविधान संशोधनका लागि सडकमा आउने अवस्था पनि आउन सक्ने बताएका छन् ।

संविधान बनाउने बेलामा नै आफुलहरुले फरक मत राखेको बताएका उनले राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको बताएका छन् । तथापी यदि सहमति हुन सकेन भने आफुहरु सडकमा जानुपर्ने अवस्था आउन सक्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर