पार्टीका हामी शिर्ष नेताहरु बिग्रिएका हौँ : प्रचण्ड — OSNepal

पार्टीका हामी शिर्ष नेताहरु बिग्रिएका हौँ : प्रचण्ड

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीको शीर्ष नेताहरु बिग्रिएको स्वीकार गरेका छन् ।

पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस पेरिसडाँडा पुगेका अध्यष प्रचण्डाले जनता, कार्यकर्ता नभई पार्टीका शिर्ष नेताहरु बिग्रिएको बताएका हुन् ।

‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

जनता, कार्यकर्ता क्रान्तिकारी आन्दोलनका लागि लाखौंको संख्यामा सडकमा आउन तयार रहेको बताएका प्रचण्डले क्रान्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको बताए ।

‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौँ । वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’ उनले भने ।

अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको बताएका उनले पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर