काठमाडौँ, ६ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
संरक्षण अवार्ड अमलटारी होमस्टेलाई
अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित ‘डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१ ’ प्राप्त गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक बिबिधता संरक्षण मार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत रु १ लाख राशीको सो राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको होमस्टेलाई सो कोषले सो पुरस्कार प्रदान गरेको हो ।
कोषले आफ्नो स्थापना दिवसका अवसरमा प्रकृति ,संस्कृति तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्थालाई हरेक वर्ष सम्मान गर्दै आएको छ । तराई भू–परिधि कार्यक्रम (ताल), निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दीगो गाउँ’ कार्यक्रम अन्तर्गत कावासोती–१५ मा सो होमस्टे सञ्चालन हुँदै आएको छ । विसं २०७० जेठ ५ गते जिल्लाको कावासोती–१५ बाघखोरमा समुदाय स्तरबाट सञ्चालन गरिएको सो होमस्टेले आफ्नो वार्षिक उत्सवको दिन दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको हो । होमस्टेले यस अघि २०७२ मा देशभरकै घरवबास मध्ये उत्कृष्ट हुँदै रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मानित भएको थियो ।(रासस)