आज बुधबारबाट सरकारी खर्च रोकियो आवश्यक परे सरकारी कार्यालयहरूबाट सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सकिने — OSNepal

आज बुधबारबाट सरकारी खर्च रोकियो आवश्यक परे सरकारी कार्यालयहरूबाट सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सकिने

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दा सरकारी खर्च आजबाट रोकिएको छ । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिएको हो ।

एमालेको अवरोधका बिच पनि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ प्रस्ताव पेश गरे पनि एमालेका अवरोधका कारण संशोधित बजेट पास हुन पाउन जसको कारण आजबाट सरकारी खर्च रोकिएको छ ।

अब अर्को बैठक असोज ४ गते बस्ने भएको छ । सरकारले राजस्व भने उठाउन पाउने भएको छ । आवश्यक परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्नेछ ।

अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश ६० दिनभित्र संसदबाट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुसार बजेट कार्यान्वयन गर्न आज बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नु पर्ने थियो ।

गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका थिए । प्रतिस्थापन विधेयक पास नहुँदा सम्म अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा भने बाधा पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर