श्रीलंकाका तीब्र गतिका बलर मालिंगाले लिए क्रिकेटबाट संन्यास — OSNepal

श्रीलंकाका तीब्र गतिका बलर मालिंगाले लिए क्रिकेटबाट संन्यास

LC (KTM) September 15, 2021 0

काठमाडौं, २९ भदौ । श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् । मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् । यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए ।

मालिंगाले श्रीलंकाको टेस्ट, ओडीआई र टी-२० सबै खाले क्रिकेट प्रतियोगिमा सहभागिता जनाएका थिए । मालिंगाले सन् २००४ मा टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग खेल्दै डेब्यु गरेका थिए । यस्तै, अन्तिम टेस्टका रूपमा सन् २०१० मा भारतविरुद्ध खेलेका थिए ।

ओडीआईमा भने यूएईविरुद्ध सन् २००४ मा खेल्दै डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ मा बंगलादेशविरुद्ध खेलेका थिए ।
यता, टी-२० खेलको डेब्यु सन् २००६ मा इंग्ल्याण्डविरुद्ध गरेका थिए भने अन्तिम खेल सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए ।

मालिंगाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै क्बलस्तरीय खेल भने आईपीएलमा मुम्बई इण्डियन्सलगायत एक दर्जनभन्दा बढी देशका घरेलु लिग खेलेका छन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकप जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ एक दिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर