अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन — OSNepal

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

LC (KTM) September 15, 2021 0

मुग्लिन, ३० भदौ – पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर