गाभर क्षेत्रमा बाघको चहल पहल बढ्दो , बाघले एक्कासी बाटो काटेपछि यस्तो भयो — OSNepal

गाभर क्षेत्रमा बाघको चहल पहल बढ्दो , बाघले एक्कासी बाटो काटेपछि यस्तो भयो

LC (KTM) September 14, 2021 0

बाँके राष्ट्रिय निकुञ्जका वरपरका क्षेत्रमा यतिबेला बाघको त्रास एकदमै बढिरहेको छ । साँझ पर्ने बित्तिकै आसपासका क्षेत्रमा बाघहरुको चहलपहल सुरु हुने गरेकोले त्यहाँ यात्रा गर्ने यात्रु तथा स्थानीय त्रसित हुने गरेका हुन् ।

यसैक्रममा आज राप्तीसोनारी–१ गाभरमा बाघ देखिएको छ। गाभर क्षेत्रमा हिजो मात्र बाघले एक जनाको ज्यान लिएको थियो । यसको भोलीपल्ट अर्थात आज पूर्वपश्चिम राजमार्गको गाभर खण्डमा सडक क्रस गरिरहेको बाघ देखिए पछि त्यहाँको जनजिवन झन् त्रसित बनेको छ

राजमार्गमा आज एकजना मोटरसाइकलमा पूर्वतिर गइरहेको बेलामा बाघले सडक पार गरेको थियो। बाघ लाई देखेर उनले मोटरसाईकल तत्कालै रोकेका थिए ।उनलाई बाघले आक्रमण नगरे पनि उनी बेहोस भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन श्यामकुमार शाहले बताए । त्यहाँ अहिले बिहान र बेलुका यात्रा गर्न निषेध गरिएको छ । दिउँसो पनि समुहमा जान प्रशासनले आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर