ओमान संग नेपाल ५ विकेटले पराजित , सन्दीपले बलिंग गर्न पाएनन् — OSNepal

ओमान संग नेपाल ५ विकेटले पराजित , सन्दीपले बलिंग गर्न पाएनन्

LC (KTM) September 14, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमान संग पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा घरेलु मैदानको फाइदा उठाउँदै ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रनको सामान्य स्कोर खडा गरेको थियो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट क्षतीमा पुरा गरेको थियो ।

ओमानको जितका लागि जतिन्दर सिंह र बिलाल खान नायक बने । बिलाल एक्लैले नेपालको ४ विकेट लिएका थिए भने ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले।

विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गर्दै शतक हानेका हुन् । नेपालका लागि सन्दिप लामिछानेले बलिंग गर्न पाएनन् । नेपालका करण केसी र कुशल मल्लले दुई दुई विकेट लिदा सुशन भारीको नाममा १ विकेट रह्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर