आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल हारको नजिक , बिस्फोटक ब्याटिंग सहित शतक बनाएर आउट भए जतिन्दर — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल हारको नजिक , बिस्फोटक ब्याटिंग सहित शतक बनाएर आउट भए जतिन्दर

LC (KTM) September 14, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमान बीचको खेल जारी रहेको छ । नेपाल हारको नजिक रहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । ओमान जितको एकदमै नजिक रहेको छ । नेपालको ब्याटिंग र बलिंग दुबै राम्रो संग चल्न नसक्दा नेपाल हारको नजिक पुगको हो ।

यसैबीच नेपालविरुद्ध ओमानका जतिन्दर सिंहले उत्कृष्ट बिस्फोटक ब्याटिङ गरे । उनले नेपालविरुद्धको चलिरहेको खेलमा शतक पूरा गरेर आउट भएका छन् । जतिन्दरले ६२ बलमा १०७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार पार्दा सम्मको अवस्थामा ओमानले २७ ओभरमा ४ विकेटको क्षतीमा १७० रन बनाएर खेलिरहेको छ । अब ओमानलाई २३ ओभरमा मात्र २७ रन आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर