श्रीलंकाका तीब्र गतिका बलर मालिंगाले लिए क्रिकेटबाट संन्यास — OSNepal

श्रीलंकाका तीब्र गतिका बलर मालिंगाले लिए क्रिकेटबाट संन्यास

LC (KTM) September 14, 2021 0

काठमाडौं, २९ भदौ -श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् ।मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् । यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए ।

मालिंगाले श्रीलंकाको टेस्ट, ओडीआई र टी-२० सबै खाले क्रिकेट प्रतियोगिमा सहभागिता जनाएका थिए ।मालिंगाले सन् २००४ मा टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग खेल्दै डेब्यु गरेका थिए । यस्तै, अन्तिम टेस्टका रूपमा सन् २०१० मा भारतविरुद्ध खेलेका थिए ।

ओडीआईमा भने यूएईविरुद्ध सन् २००४ मा खेल्दै डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ मा बंगलादेशविरुद्ध खेलेका थिए ।

यता, टी-२० खेलको डेब्यु सन् २००६ मा इंग्ल्याण्डविरुद्ध गरेका थिए भने अन्तिम खेल सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए ।मालिंगाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै क्बलस्तरीय खेल भने आईपीएलमा मुम्बई इण्डियन्सलगायत एक दर्जनभन्दा बढी देशका घरेलु लिग खेलेका छन् ।

मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकप जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ एक दिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर