नेपालद्धारा ओमान समक्ष १९७ रनको लक्ष्य प्रस्तुत , कुशल र रोहीतले उत्कृष्ट प्रर्दशन नगरे पछि नेपालद्धारा सामान्य लक्ष्य — OSNepal

नेपालद्धारा ओमान समक्ष १९७ रनको लक्ष्य प्रस्तुत , कुशल र रोहीतले उत्कृष्ट प्रर्दशन नगरे पछि नेपालद्धारा सामान्य लक्ष्य

LC (KTM) September 14, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमान समक्ष १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालको यो लक्ष्य सामान्य लक्ष्य हो । घरेलु मैदानमा ओमानका बलरहरु राम्रै संग चम्किदा नेपाली ब्याट्सम्यानहरु राम्रो संग चल्न सकेनन् । नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन को स्कोर बनाउन सक्यो ।

नेपालका लागि यसअघिको खेलमा राम्रो प्रर्दशन गरेका कुशल भुर्तेल र रोहीत पौडेल आज चल्न सकेनन् । नेपालका आसिफ शेख बाहेक अरुले सम्मान जनक स्कोर बनाउन सकेनन् । उनी शतक बनाउन बाट चुके ।

उनले नेपालका लागि सर्वाधिक ९० रन बनाए । आशिफले ७ चौका र १ छक्काको मदतले १ सय १२ बलमा ९० रन बनाएका हुन् । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् । नेपालका ब्याट्सम्यानमाथि दबाब बनाएका ओमानका बिलाल खान एक्लैले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर