२१ वर्षीया करिश्मा आफ्नै कोठामा मृत अवस्थामा फेला, घटना रहस्यमय — OSNepal

२१ वर्षीया करिश्मा आफ्नै कोठामा मृत अवस्थामा फेला, घटना रहस्यमय

LC (KTM) September 14, 2021 0

उदयपुर, २९ भदौ- उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।

खैरा घर भएकी किशोरी लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।

दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताए ।

परिवारले घटना रहस्यमय रहेको जनाएको छ । मृतको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ ।

शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टनाबारे अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर