श्रीलंकाका पुर्व कप्तान तथा तिब्र गतिका बलर मालिंगाद्धारा क्रिकेट जिवनबाट सन्यासको घोषणा — OSNepal

श्रीलंकाका पुर्व कप्तान तथा तिब्र गतिका बलर मालिंगाद्धारा क्रिकेट जिवनबाट सन्यासको घोषणा

LC (KTM) September 14, 2021 0

एकताका क्रिकेटमा नयाँ तरंग ल्याएका फास्ट एण्ड हिट बलर श्रीलंकाका लासिथ मालिंगाका फ्यानहरु लाई दुःखको खबर आएको छ । अब उनको खेल हेर्न नपाईने भएको छ । उनले सबै प्रकारको क्रिकेट फर्म बाट सन्यास लिएको घोषणा गरेका छन् ।

उनले आज सामाजिक संजालबाट सबै खाले क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका छन् । तिब्र गतिका बलर सेत रहेका मालिंगा श्रीलंकाका विश्वकप विजेता खेलाडी तथा पूर्व कप्तान समेत रहेका छन् ।

उनकै कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी ट्वान्टी विश्वकप आफ्नो पोल्टामा पारेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

उनले आफ्नो अन्तिम खेल श्रीलंकाका लागि २०२० को मार्चमा वेस्ट इन्डिजविरुद्धको टी ट्वान्टी खेलेका थिए । उनले यसअघि नै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिई सकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर