काठमाडौं २९ भदौ । बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे रहेका छन् ।
काठमाडौँको स्वयम्भुमा एक पेट दुख्ने समस्या भएकी महिलालाई बोक्सीको आरोप लगाइएको हो । पेट दुखेको भन्दै पिडित महिलाको श्रीमान्ले धामी दिपेन्द्रकुमार थिङकोमा लगेका थिए ।
उक्त धामीले महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपिट गरेपछि हट्ने भन्दै महर्जन र पाण्डेले कुटपिट गरेको पीडित प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दिएको जानकारी अनुसार गत भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा लगि झारफुक गर्ने भन्दै ति महिलालाई कुटपिट गरिएको थियो ।
पिडित महिला आफै आएर प्रहरीकोमा अजुरी दिएकी हुन् । पिडित महिला उजुरी दिन आउँदा उनको शरीरमा निलडाम समेत भएको प्रहरीले जनाएको छ ।
यस विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।