६८ लाख ९० हजार रकम लिई फरार रहेका कटुवाल पक्राउ, थप अनुसन्धान को लागि प्रहरी परिसर टेकु पठाइयो — OSNepal

६८ लाख ९० हजार रकम लिई फरार रहेका कटुवाल पक्राउ, थप अनुसन्धान को लागि प्रहरी परिसर टेकु पठाइयो

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान न.पा. ९ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ३२ बस्नै ३६ वर्षीय रुसिल कटुवाल रहेका छन् ।

निज र फरार रहेका जिल्ला मोरङ केराबारी गा.पा वडा न.६ स्थायी घर भई हाल का.जि.का.म.न.पा वडा न.१० बस्ने धिरज कुमार दाहालले जिल्ला नुवाकोट तारकेश्वर गा.पा वडा न. २ स्थायी ठेगाना हाल का।जि.का.म.न.पा वडा न. ४ सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीसँग चिनजान भई धिरज कुमार दाहालको नाममा रहेको जिल्ला मोरङ केरावारी गा.बि.स. वडा नं. ६ (क) कि.नं. ६३८ को क्षे. ०-१-१० र कि-नं- ६४० को क्षे. ०-७-२-० को जग्गाहरु बिक्री गर्ने भनि जग्गाको मुल्य कायम गरी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.४ सुकेधारामा बसी बैना समेत गरी नगद र नेपाल ईन्भेष्मेण्ट बैंक बत्तिसपुतली शाखा खाताको चेकबाट समेत जम्मा रु. ६८,९०,०००।– रकम लिई उल्लेखित जग्गाहरु पास नगरी सम्पर्क विहिन भएकोमा मिति २०७७-०३-२० गते मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको र निज रुसिल कटुवालले ठगी गरेको हुँदा विपक्षीहरु मध्ये रुसिल कटुवाललाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धान कार्यको लागि आज मंगलबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको छ ।

हाल फरार रहेका धिरज कुमार दाहाल समेतलाई पक्राउ गर्न खोजी कार्य जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर