१६ लाख जरिवाना ठहर भई फरार रहेकी एक महिला गहना पोखरीबाट प्रहरीको नियन्त्रणमा — OSNepal

१६ लाख जरिवाना ठहर भई फरार रहेकी एक महिला गहना पोखरीबाट प्रहरीको नियन्त्रणमा

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । बैंकिङ कसुर मुद्धामा १६ लाख जरिवाना ठहर भई फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला साविक चौमाला गा.वि.स.वडा नं.८ हाल गौरीगंगा नगरपालिका वडा नं।३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं।७ बस्ने जसमिन झा रहेकी छन् ।

बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनबाट मिति २०७७ फागुन ११ गते रु १६,००,०००।–( सोह्र लाख रुपैया ) जरिवाना र सात दिन कैद सजाय फैसला सुनाएको थियो । झालाई महाशाखाबाट खटिगएको प्रहरी टोलीले आज मंगलबार का.जि.का.म.न.पा.वडा नं.५ गहना पोखरीबाट नियन्त्रणमा लिएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर