आईसिसी वर्ल्ड कप लिग २ मा नेपाललाई अर्काे झट्का , आश गरिएका रोहीत २० रन बनाउँदै आउट — OSNepal

आईसिसी वर्ल्ड कप लिग २ मा नेपाललाई अर्काे झट्का , आश गरिएका रोहीत २० रन बनाउँदै आउट

LC (KTM) September 14, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले घरेलु टोली ओमान र नेपाल बीचको खेल जारी रहेको छ । ओमानमा जारी खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ।

नेपालको अहिले सम्म २ विकेट गएको छ । प्रारम्भिक ब्याट्सम्यानको रुपमा आएका हिजो अमेरिका संगको खेलमा ८४ रन जोडेका कुशल भुर्तेल आज शुन्य रनमै पभेलियन फर्किएका छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । उनले ३३ बलको सामना गर्दै १ चौकाको मद्धतमा २१ रन बनाएर आउट भए ।

नेपालको आश गरिएका अर्का ब्याट्सम्यान रोहीत पौडेल पनि २० रन बनाउँदै आउट भएका छन् । आशिफ शेख र बिनोद भण्डारी अहिले क्रिजमा रहेका छन् । आशिफले अन्र्तराष्ट्रिय एक दिवशीय क्रिकेटमा पहिलो अर्धशतक बनाउन सफल भएका छन् । उनले ५ चौका सहित ६२ रन बनाएर खेलिरहेका छन् । नेपालले ताजा अवस्थामा २५ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर