खातामा पर्याप्त रकम नभई लक्ष्मी बैंकको चेक दिएर फरार रहेका गोल्फुटार बस्ने अनिस सुन्दरीजलबाट पक्राउ — OSNepal

खातामा पर्याप्त रकम नभई लक्ष्मी बैंकको चेक दिएर फरार रहेका गोल्फुटार बस्ने अनिस सुन्दरीजलबाट पक्राउ

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । बैंकिङ कसूर मुद्दामा सात लाख जरिवाना फैसला भएपछि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका-९ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दास रहेका छन् ।

उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्दरीजलमा फेला पारी सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

अनिसले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उनलाई उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर