काठमाडौं- भदौ २७ मा पक्राउ परेका पुण्य गौतमले प्रहरी हिरासतमै अनशन सुरु गरेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको बताइएको छ ।
आफुलाई सामाजिक अभियन्ता बताउँदै उनले न्दै युट्युवमा अन्तवार्ता दिँदै चर्चामा आएका थिए । अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा गौतमलाई प्रहरीले बानेश्वरबाट पक्रेको थियो ।
प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । यद्यपी गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको बताइएको छ ।