युरोपेली च्याम्पियन्स लिग आज बाट सुरु हुदै , आज बिभिन्न चरणमा ८ खेल हुदै — OSNepal

युरोपेली च्याम्पियन्स लिग आज बाट सुरु हुदै , आज बिभिन्न चरणमा ८ खेल हुदै

LC (KTM) September 14, 2021 0

युरोपेली च्याम्पियन्स लिग आज बाट सुरु हुदैछ । लिगको आज बाट सुरु हुने नयाँ सिजनमा आठ खेलहरु हुँदैछन् । आज राति हुने लिगका खेलहरुमा साविक विजेता चेल्सी, बार्सिलोना, बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर युनाईटेड लगायतका क्लबले एक आपसमा भिड्दैछन् ।

समुह एचमा रहेको चेल्सीले घरेलु मैदानमा जेनिथ सेन्ट पिटर्सवर्ग सँग राति पौने १ बजे भिड्नेछ । यसै समूहको अर्को खेलमा युभेन्ट्सले स्विडेनको माल्मो सँग सोही समयमा खेल्नेछ। समुह ई मा रहेको बार्सिलोनाले घरेलु मैदानमा बायर्न म्युनिखसँग पौने १ बजे प्रतिष्पर्धा गर्नेछ ।

यहि समूहमा रहेका बेन्फिका र डेनामो किएभबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै म्यानचेस्टर युनाईटेडले स्विस क्लब योङ ब्वाइजसँग उसैको मैदानमा खेल्नेछ। समूह एफमा रहेको युनाईटेड र योङबीचको खेल राति साढे १० बजे सुरु हुनेछ।

यहि समुहमा रहेको एट्लान्टाले भिल्ला रियलसँग पौने १ बजे प्रतिष्पर्धा गर्दा समूह जीमा रहेको सेभियाले साल्जवर्ग तथा लिलले उल्फवर्गविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर