आज एकै दिन ६ हजार ५४३ जना संक्रमणमुक्त हुँदा, १९० जनाले भने गुमाए संक्रमणबाट अकालमै ज्यान — OSNepal

आज एकै दिन ६ हजार ५४३ जना संक्रमणमुक्त हुँदा, १९० जनाले भने गुमाए संक्रमणबाट अकालमै ज्यान

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । नेपालमा नियन्त्रण बाहिर गएको कोभिड १९ को पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १९० जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउने संख्या आजसम्म ५ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ६ हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनालाई जितेर घर फर्किने संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर