पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना पुष्टि, ६ हजार ५४३ जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना पुष्टि, ६ हजार ५४३ जनाले जिते कोरोना

LC (KTM) May 20, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज ८३०५ जना थपिए सँगै संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर मृत्यु हुनेको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर