अवैध लागुऔषध ब्राउन सुगरसहित भिम र अनुप पक्राउ — OSNepal

अवैध लागुऔषध ब्राउन सुगरसहित भिम र अनुप पक्राउ

LC (KTM) September 14, 2021 0

झापा २९ भदौ । अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले दूई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् ।

को।२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनी निजहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागु औषध सहित सोमबार राति पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल बरामत गरेको छ । उनीहरुलाई बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट पक्राउ गरिएको हो ।

यस विषयमा प्ररुहीले अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर