आफ्नै शिशुको घाँटी रेटी हत्या गर्ने एक दम्पति पक्राउ — OSNepal

आफ्नै शिशुको घाँटी रेटी हत्या गर्ने एक दम्पति पक्राउ

LC (KTM) September 14, 2021 0

रुपन्देही २९ भदौ । आफ्नै बच्चाको हत्या गरेको अभियोगमा एक दम्पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु रहेका छन् ।

ति दम्पतिले आफ्नै आठमहिनाको शिशुको आफ्नै घरको छतमा घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति दम्पतिले आफुहरुले भदौ २६ गते बच्चाको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको बताइएको छ ।

घटनाको भएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली घटनास्थल पुग्दा घरको छतमा आलो रगत जमेको भेटिएको दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको जनाएको छ ।

प्रहरीले घटना भएको दिन मै उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर