बैंकिङ कसुरमा ३० लाख जरिमाना फैसला सुनाएपछि फरार रहेका काँडाघारी बस्ने दिपक पक्राउ — OSNepal

बैंकिङ कसुरमा ३० लाख जरिमाना फैसला सुनाएपछि फरार रहेका काँडाघारी बस्ने दिपक पक्राउ

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । बैंकिङ कसुरका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र ७ दिन कैद फैसला सुनाएपछि फरार रहेका दिपकलाई अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर