काठमाडौं २९ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सभापति समेत रहेका देउवाले आज अपरान्ह्र चार बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।
सरकारको नेतृत्व लिएको २ महिना पुगिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेका देउवाले आजको बैठक नियमित कामको निर्णय गर्न बोलाएका हुन् ।