काठमाडौँ २८ भदौ । बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगत सोनारी गाउँँपालिका १ को निकुञ्जभित्र पर्ने जंगल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको ज्यान गएको हो ।
नाम थर केहि नखुलेको मृतक व्यक्तिको शव बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जनाएका छन् ।
मृतक गाँभरगाउँको एक होटलमा भाडा माझ्ने काम गर्दै आएको भएपनि उनको परिचय भने खुलेको छैन ।