रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले स्वीडेनका दम्पत्तीलाई सन्तानको नाम भ्लादिमर पुटिन राख्न प्रतिबन्ध — OSNepal

रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले स्वीडेनका दम्पत्तीलाई सन्तानको नाम भ्लादिमर पुटिन राख्न प्रतिबन्ध

LC (KTM) September 14, 2021 0

स्टकहोम, २९ भदौ-आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ । यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पत्तीलाई भने प्रतिबन्ध लगाइएको छ । नवजात शिशुको नाम भ्लादिमर पुटिन राख्न खोजेपछि कर कार्यलयका अधिकारीहरुले उनीहरुलाई रोक लगाएका हुन् । प्रस्तावित नाम रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले त्यसको विकल्प रोज्न कर अधिकारीहरुले अनुरोध गरेका थिए । रसियाका राष्ट्रपतिको नाम पनि भ्लादिमिर पुटिन हो ।

स्विडेमा अपमानजनक वा अस्वभाविक सुनिने नाम राख्न रोक छ । प्रतिवन्धपछि दक्षिणी स्विडेनका ती अभिभावकलाई अर्काे नाम ल्याउन कार्यलयले अनुरोध गरेको थियो ।यसअघि कर कार्यलयले अल्लाह, फोर्ड, मिसेल ज्याक्सन, पिल्जनर, क्यू एन्ड टोकन जस्ता नाम अस्वीकार गरेको थियो ।

नामको विषयलाई लिएर स्वीडेनमा बारम्बार विवाद हुने गर्छ । यसअघि एक अभिभावकले आफ्नो सन्तानको नाम गुगल राखेका थिए । तर, कार्यलयले सो नामको बिरोध गरेन आफ्ना सन्तानको नाम राख्ने मामिलामा स्विडेनका अभिभावक ‘चुजी’ छन् । लुकास, लियाम , विलियम , एलिस, ओलिभिया अभिभावकले सर्वाधिक रुचाइएका नाम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर