काठमाडौं २९ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बैठकको लागि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका हुन् ।
आज बस्ने भनिएको बैठकमा कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलपलल हुने भएको थियो ।
अब अर्को बैठक असोज पाँच गते बस्ने भएको छ ।