काकँडभित्ताबाट महेन्द्रनगर जाँदै गरेको तिब्र गतिको बस ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु — OSNepal

काकँडभित्ताबाट महेन्द्रनगर जाँदै गरेको तिब्र गतिको बस ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु

LC (KTM) September 14, 2021 0

काठमाडौं, २९ भदौ । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।मृतकको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर