दशौं हजार अफगानी स्थलमार्गबाट सिमावर्ती देश पसे — OSNepal

दशौं हजार अफगानी स्थलमार्गबाट सिमावर्ती देश पसे

LC (KTM) September 14, 2021 0

काबुल, २९ भदौ – दुई साताअघिसम्म अफगानिस्तानको राजधानी काबुल अन्तर्राष्ट्रिय विमानस्थल छोड्न चाहने सर्वसाधरण अफगानीको तस्विर बिभिन्न सामाजिक सञ्जालमा भाइरल बनेका थिए । तालिवानले सत्तापलट गरेपछि त्रसित सर्वसाधरण देश छोड्न विमानस्थल पुगेका थिए । तर, त्यो भन्दा ठूलो संख्यामा हजारौं तालिवान स्थलमार्गबाट पाकस्तिान, इरान, उज्बेकिस्तान र ताजिकिस्तान पुगेको पाइएको छ । यी सबै देशसँग अफगानिस्तानको सीमा जोडिएको छ ।

यसै साता मात्र हजारौ अफगानी सर्वसाधरण पाकिस्तानसँगको स्पिन बोलडाकको चमान नाकामा अलपत्र परेको भिडियो सार्वजनिक भएको थियो । स्पिन बोलडाकबाहेक ताजिकिस्तानसँगको सिमा शिर खान, इरानसँगको सीमा इस्लाम क्वालामा पनि ठूलो संख्यामा अफगानी पुगेको स्याटलाईट तस्विरमा देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्पिन बोलडाकको चमान सीमा अफगानिस्तान र पाकिस्तानको सबैभन्दा व्यस्त मार्ग हो । काबुललगायत अन्य सहरबाट झोला, आवश्यक सामाग्री र काखमा बालबच्चा बोकेका अफगानीका कारण सो नाका नै अस्तव्यस्त भएको थियो । देश छोड्न चाहने कतिपय अफगानी सीमामा रहेका अस्थायी पालमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर