नेपालबाट चोरी भएको ५० बर्ष पछि अमेरिकाबाट उमामहेश्वरको मूर्ति नेपाललाई फिर्ता — OSNepal

नेपालबाट चोरी भएको ५० बर्ष पछि अमेरिकाबाट उमामहेश्वरको मूर्ति नेपाललाई फिर्ता

LC (KTM) September 14, 2021 0

काठमाडौं ।चोरी भएको को ५० बर्ष पछि उमामहेश्वरको मूर्ति अमेरिकाबाट नेपाललाई फिर्ता भएको छ । १० औं शताब्दीको उमामहेश्वरको मूर्ति अमेरिका स्थित नेपाली दूतावासले प्राप्त गरेको बताइएको छ ।

डेनवर कला संग्रहालय, कोलोराडोका प्रतिनिधिले मूर्ति दूतावासलाई हस्तान्तरण गरेको हो।५० वर्ष पहिले पाटन स्थित गाहितिबाट मूर्ति चोरी भएको थियो।मूर्ति उचित समयमा नेपाल ल्याउने र उपयुक्त ठाउँमा स्थापित गरिने बताइएको छ ।

राजदूत युवराज खतिवडाले संग्रहालयलाई नेपालमा चोरी भएको कलाकृति फिर्ता गर्न सहयोग गरेकोमा धन्यवाद दिदै सांस्कृतिक सम्पदाको संरक्षणमा दुई देश बीच सहयोगको यो महत्वपूर्ण कार्यले सम्बन्ध अझ सुदृढ बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर