शतकको नजिक पुगेर कुशल भुर्तेल भए आउट , अमेरिकाले अहिले सम्म नेपालको ४ विकेट ढाल्यो — OSNepal

शतकको नजिक पुगेर कुशल भुर्तेल भए आउट , अमेरिकाले अहिले सम्म नेपालको ४ विकेट ढाल्यो

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालको अहिले सम्म ४ विकेट ढलिसकेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। अहिले क्रिजमा बिनोद भण्डारी र रोहीत पौडेल रहेका छन् ।

अमेरिकाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरे । तर उनी शतकको नजिक पुगेर यसपटक चुकेका छन् । उनले ९३ बलको सामना गर्दै ३ छक्का र ३ चौका सहित नेपालका लागि महत्वपुर्ण ८४ रन जोडे ।

नेपालका तर्फबाट भुर्तेल संगै आशिफ शेख , ज्ञानेन्द्र मल्ल र कुशल मल्ल आउट भईसकेका छन् । नेपालले यो समाचार तयार पार्दा सम्म्को ताजा अवस्थामा ३५ ओभरमा ४ विकेटको क्षतीमा १५६ रन बनाएर खेलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर