कुशल भुर्तेल अर्धशतक नजिक , नेपालको पहिलो विकेट ढल्यो , कप्तान ज्ञानेन्द्रको बिस्फोटक ब्याटिंग जारी — OSNepal

कुशल भुर्तेल अर्धशतक नजिक , नेपालको पहिलो विकेट ढल्यो , कप्तान ज्ञानेन्द्रको बिस्फोटक ब्याटिंग जारी

LC (KTM) September 13, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अहिले नेपालले जावाफि ब्याटिंग गरिरहेको छ । नेपालको पहिलो विकेट झरेको छ ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिंग गरिरहेको नेपालले ताजा अवस्थामा नेपालले १८ ओभरमा १ विकेटको क्षतीमा ८८ रन बनाएर खेलिरहेको छ । ओपनिंग ब्याट्सम्यानको रुपमा आएका कुशल भुर्तेल र आशिफ शेख मध्ये आशिफ आउट भएका हुन् । उनले २ चौका सहित २३ रन बनाएर आउट भए ।

कुशल भने एक छक्का २ चौका सहित अर्धशतकको नजिक रहेका छन् । उनले अहिले सम्ममा ४५ रन बनाई सकेका छन् । उनलाई साथ दिन कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा रहेका छन् । यसअघि ओमानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको स्कोर बनाएको थियो ।

अमेरिकाका मोनांक पटेलले आजको खेलमा शतक पुरा गरे ।उनकै बिस्फोटक ब्याटिंग संगै अमेरिकाले नेपाल समक्ष २३१ रनको चुनौती प्रस्तुत गरेका हुन् ।उनले ११४ बलको सामना गर्दै ९ चौका र एक छक्काको मद्दतमा ठिक १०० रन बनाउन सफल भए ।

यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६ र स्टेभन टेलरले १४ रन जोडे। नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर