अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिंगमा नेपाल , कुशलको राम्रो प्रर्दशन — OSNepal

अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिंगमा नेपाल , कुशलको राम्रो प्रर्दशन

LC (KTM) September 13, 2021 0

आईसिसी वर्ल्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अहिले नेपालले जावाफि ब्याटिंग गरिरहेको छ । अमेरिकाले नेपाल समक्ष दिएको २३१ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिंग गरिरहेको हो ।

यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले ६ ओभरमा बिना विकेटको क्षतीमा २६ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले बुशल भुर्तेल र आशिफ शेख रहेका छन् ।

कुशलले एक छक्का सहित १७ रन जोडेर खेलिरहेका छन् भने आशिफले ८ रन बनाएर खेलिरहेका छन् । यसअघि ओमानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको स्कोर बनाएको थियो । अमेरिकाका मोनांक पटेलले आजको खेलमा शतक पुरा गरे ।

उनकै बिस्फोटक ब्याटिंग संगै अमेरिकाले नेपाल समक्ष २३१ रनको चुनौती प्रस्तुत गरेका हुन् ।उनले ११४ बलको सामना गर्दै ९ चौका र एक छक्काको मद्दतमा ठिक १०० रन बनाउन सफल भए ।

यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६ र स्टेभन टेलरले १४ रन जोडे। नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर