मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, बैठक सुचारु हुन देला त एमालेले ? — OSNepal

मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, बैठक सुचारु हुन देला त एमालेले ?

LC (KTM) September 13, 2021 0

काठमाडौं, २८ भदौ – प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ ।
बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । पछिल्ला केहीदिनदेखि एमालेले माधव नेपालसहित १४ सांसदहरुलाई कारवाहीको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर