आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाको ६ विकेट झार्न सफल सुसन भारी , तर अमेरिकाका मोनाक भने शतकको एकदमै नजिक — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाको ६ विकेट झार्न सफल सुसन भारी , तर अमेरिकाका मोनाक भने शतकको एकदमै नजिक

LC (KTM) September 13, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपाल र अमेरिका बीचको खेल जारी रहेको छ । नेपाललाई अहिले भर्खरै छैठौ सफलता मिलेको छ । नेपालले अमेरिकाको ६ विकेट झारीसकेको छ ।

ओमानको अल अमिरात क्रिकेट ब्याटिंग गरिरहेको अमेरिकाका लागि भने मोनाक पटेलले शानदार खेल देखाईरहेका छन् । उनको विकेट अहिले सम्म झरेको छैन । उनले अहिले ९१ रन बनाएर खेलिरहेका छन् ।

नेपालका कुनै पनि बलर उनका सामु निरिह देखिएका छन् । अहिले यो समाचार तयार पार्दा सम्म्को ताजा अवस्थामा अमेरिकाले ४३ दशमलव ३ ओभरमा ६ विकेटको क्षतीमा १८५ रन बनाएर खेलिरहेको छ । नेपालका लागि बिक्रम सोब र सन्दीप लामिछाने कुशल मल्ल ले एक एक विकेट लिएका छन् भने सुसन भारीले २ विकेट लिएका छन्।

अमेरिकाका एक खेलाडी भने रनआउट भएका छन् । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर