कोरोनाको कहर : तरकारी र फलफुलको मूल्य अहिलेसम्मकै सस्तो बन्यो — OSNepal

कोरोनाको कहर : तरकारी र फलफुलको मूल्य अहिलेसम्मकै सस्तो बन्यो

LC (KTM) May 20, 2021 0

काठमाडौ । कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गर्नुभयो ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गर्नुभएको थियो । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।
“बजार सबै बन्द छ, आफैँले खाएर सक्ने कुरा पनि होइन, खर्बुजा बिक्री नभएपछि खेती गर्दाको रु ३ लाख २५ हजार ऋण हजार कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको छ”, गिरी भन्नुहुन्छ । गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिनुभएको हो । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाउनुभएकोमा एक थरी साढे ३ र अर्को ५ किलोसम्मका छन् । उहाँका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर