काठमाडौँ २८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा भएको वडा अधिवेशन स्वीकार नगर्ने बताएका छन् ।
आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आफु पक्षको बसेको बैठकमा उनले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेका हुन् ।
महाधिवेशन निष्पक्ष हुनुपर्ने बताएका उनले डडेल्धुरामा जिल्लामा प्रहरी प्रशासनको बलमा सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गरेको भन्दै अधिवेशनमा अनियमितता र स्वेच्छाचारी प्रवृत्ति रहेको बताएका छन् ।