क्यान्सरको बि षालु तत्वलाई हटाउने चिप्ले भिन्डीका छन् कैयौँ फाइदाहरु, जान्नुहोस् के के हुन् ? — OSNepal

क्यान्सरको बि षालु तत्वलाई हटाउने चिप्ले भिन्डीका छन् कैयौँ फाइदाहरु, जान्नुहोस् के के हुन् ?

LC (KTM) September 13, 2021 0

काठमाडौं – चिप्ली भिन्डी धेरैलाई मन पर्दैन । तर, यो खाँदा स्वास्थ्यका लागि भने अनेक फाइदा पुग्छ । स्वादको लागि भन्दा पनि स्वास्थ्यलाई ध्यान दिने हो भने चिप्ली भिन्डी खानु आवश्यक छ । एक अध्ययनकाअनुसार चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । यसको अर्थ क्यान्सरजस्तो प्राणघात रोग लाग्नबाट चिप्ली भिन्डी बचाउँछ ।

भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक तत्व पाइन्छ । चिप्ली भिन्डी खान्दा वा स–साना टुक्रा पारेर कपालमा राख्ने हो भने कपाल कालो, लामो र बाक्लो हुने बताइएको छ ।

शरीरको तौल, अस्वभाविक मोटोपनलाई नियन्त्रण गर्ने भिन्डीले रगतमा हेमोग्लोबिन निर्माण गर्ने भएकाले एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ । भिन्डीमा फाइबर हुने भएकाले कब्जियत हुन दिँदै भने ब्लडमा सुगरको मात्रा कम गर्ने भएकाले मधुमेहका रोगीलाई लाभदायिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर