सर्वोच्च अदालतको आदेशले लोकसेवा आयोगको शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित — OSNepal

सर्वोच्च अदालतको आदेशले लोकसेवा आयोगको शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । लोकसेवा आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी दिएका आदेशका आधारमा सबै परीक्षा लिइसकेको शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ ।

आयोगले विं.सं. २०७६ सालमा विज्ञापन गरिएको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका नतिजा प्रकाशन स्थगित गरेको हो ।आयोगले एक सुचना जारी गर्दै यसको जानकारी गराएको हो ।

जारी सुचनामा भनिएको छ , ‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८-०५-२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

आयोगले मिति २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुलासमेत गरी सामान्य प्रशासनमा ५६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर