काठमाडौँ २८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरिएको परिक्षणबाट १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसै गरी पछिल्लो २४ घण्टामा १ हजार २६० संक्रमणमुक्त भएका छन् । १६ जना संक्रमतिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । साथै काठमाडौं उपत्यकामा चार सय २६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।